Skip to content
Prabhu

५७ प्रतिशतले बढ्यो नेशनल लघुवित्तको नाफा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आर्थिक वर्षमा ५७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ५७.८९ प्रतिशतले नाफा वृद्धि भएको हो ।

लघुवित्ततले गत आवमा ३४ करोड ९ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले २१ करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा गरेको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ७५.५६ प्रतिशतले बढेर १ अर्ब १५ करोड ८६ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । जुन अघिल्लो वर्ष ६५ करोड ९९ लाख ७८ हजार रुपैयाँ थियो ।

कम्पनीको इम्पेयरमेन्ट जार्च ८७ लाख ५० हजार रुपैयाँबाट बढेर २२ करोड ७५ लाख ४२ हजार रुपैयाँ पुगको छ । कम्पनीले गत वर्ष ४७ करोड १६ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन अघिल्लो वर्षको ३१ करोड ५ लाख ८३ हजार रुपैयाँ रहेको थियो । यो अघिल्लो वर्षको तुलनामा ५१.८९ प्रतिशत धेरै हो ।

गत आवमा कम्पनीको खुद सञ्चालन आम्दानी ६०.५० प्रतिशतले बढेर १ अर्ब १८ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ७४ करोड ८ लाख ९६ हजार रुपैयाँ मात्रै थियो । कम्पनीको वितरणयोग्य नाफा भने ७.५१ प्रतिशतले घटेर २८ करोड ११ लाख १२ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९२ पैसाबाट बढेर २९ रुपैयाँ २५ पैसा पुगको छ भने खराब कर्जा ०.२८ प्रतिशतले घटेर ३.२५ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ ९ पैसा छ । चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ४१ करोड ९३ लाख ५७ हजार रुपैयाँ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal