Skip to content
Prabhu

मिथिला लघुवित्तको नाफा बढ्यो, खराब कर्जा अनुपात पनि घटाउन सफल

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले गत आव २०८०/८१ को चौथो त्रैमासिकसम्ममा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आवको चौथो त्रैमासिकसम्म भने संस्थाले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ६०.८४ प्रतिशतले बढेको छ। संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थाले गत आवमा १४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.०२ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ९ करोड ४४ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाले ५ करोड ९३ लाख रुपैयाँ बराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा ३०२६.६४ प्रतिशतले बढी हो । संस्थाको कर्मचारी खर्च ४.८९ प्रतिशतले बढेर ६ करोड ३९ लाख र अन्य सञ्चालन खर्च पनि ३८.९६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

यस्तै संस्थाको रिजर्भको आकार ९६.५५ प्रतिशतले बढेर १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ४ करोड र कर्जा प्रवाह २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.३९ प्रतिशतमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २४.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६५.२२ रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal