Skip to content
Prabhu

पूर्ण विद्युतीकरण घोषणा गर्न मात्र बाँकी छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई पूर्ण विद्युतीकरण घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् । शुक्रबार प्राधिकरणमा दोस्रो कार्यकालको ३ वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन् ।

आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२÷७३ मा उनी प्राधिकरणको नेतृत्वमा आउँदा मुलुकको विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । ‘तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको छ । ३ वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ । अब पूर्ण विद्युतीकरण घोषणा गर्न मात्र बाँकी छ,’ उनले भने ।

विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरिएको उनको भनाइ थियो । सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पु¥याउन निःशुल्क मिटर समेत वितरण गरिएको उनले बताए । गाउँ बस्तिको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको उनको भनाइ छ ।

८ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ । प्रतिव्यक्ति ऊर्जा खपत १३१ युनिटबाट बढेर ४०० युनिट पुगेको छ । घर–घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उनले दाबी गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal