Skip to content
Prabhu

जीवन बीमा कम्पनीः वैदेशिक रोजगार बीमा व्यवसाय ३ अर्ब बढी, सन नेपालको लोभलाग्दो व्यवसाय

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ३ अर्ब १२ करोड बढीको वैदेशिक रोजगार बीमा गराएका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १० वटा जीवन बीमा कम्पनीले ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ संकलन गरेका हुन् ।

प्राधिकरणको तथ्यांकअनुसार १० कम्पनीले गत आवको असार मसान्तसम्मको अवधिमा २० लाख ६९ हजार बीमा पोलिसी बिक्री गरेर ३ अर्ब बढीको व्यवसाय गर्न सफल भएका हुन् ।

सार्वजनिक गरेको विवरणअनुसार कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिसम्म जीवन बीमा कम्पनीहरुले २० लाख ६९ हजार ४२ बीमा पोलिसी बिक्री गर्दै उक्त बीमा शुल्क आर्जन गरेका हुन् । बीमा कम्पनीहरुले असार महिनामा मात्रै वैदेशिक रोजगार बीमा पोलिसी मार्फत २४ करोड ९० लाखको व्यवसाय गरेका छन् । असार महिनामा मात्रै कम्पनीहरुले ५९ हजार १७७ वटा बीमा पोलिसी जारी गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारी बीमा ले मार्फत सबैभन्दा बढी बीमा शुल्क सन नेपाल लाइफले संकलन गरेको छ । सन नेपालले यो अवधिमा ८४ करोड ३० लाख रुपैयाँको वैदेशिक रोजगार बीमा गराउन सफल भएको छ । यो अवधिमा कम्पनीले ६ लाख ५६ हजार १३४ वटा बीमा पोलिसी बिक्री गरेको छ ।

यो अवधिमा नेपाल लाइफले वैदेशिक बीमालेखमार्फत ६२ करोड ८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ४ लाख ९२ हजार ३९६ बीमालेख जारी गरेर सो बराबरको व्यवसाय गर्न सफल भएको देखिन्छ । त्यस्तै आइएमई लाइफ इन्स्योरेन्सले यो अवधिमा ३५ करोड ३५ रुपैयाँको वैदेशिक रोजगार बीमा गराउन सफल भएको छ । आइएमई लाइफले यो अवधिमा १ लाख ९६ हजार ९४८ वटा वैदेशिक रोजगार बीमा पोलिसी बिक्री गरेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार गत आवमा एशियन लाइफ इन्योरेन्सले ७९ हजार ६४४ जनाको बीमा गराएर ३० करोड ३१ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै यो अवधिमा रिलायबल नेपाल लाइफले १७ करोड ८० लाख रुपैयाँको व्यावसाय गरेको छ । यो कम्पनीले गत आवमा ८१ हजार ६०१ जनाको बीमा गराएको छ । त्यस्तै सिटिजन लाइफले ९३ हजार १७२ जनाको बीमा गराएर १० करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै सूर्य ज्योति लाइफले २५ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले २ लाख ५३ हजार १३९ वटा बीमालेख जारी गरेको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि यो अवधिमा २७ करोड १ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले ९६ हजार ८२४ वटा बीमालेखमार्फत सो बराबरको बीमा शुल्क संकलन गरेको हो ।

गत आवको तथ्यांकअनुसार सानिमा रिलायन्स लाइफले २० करोड ५६ लाख रुपैयाँको वैदेशिक रोजगार बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आवसम्ममा १ लाख १३ हजार ८११ जनाको बीमा गराएको छ । वैदेशिक बीमा व्यवसायमा सबैभन्दा कम हिस्सा रहेका प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १८ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले ५ हजार ३७३ वटा बीमालेख जारी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal