Skip to content
Prabhu

ब्राजिलमा ६२ यात्रु सवार विमान दुर्घटना

सीएनएन । ब्राजिलको साओ पाओलोको बाहिरी क्षेत्रमा ६२ जना यात्रु बोकेको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । यसबारे ब्राजिलको सिविल डिफेन्सले जानकारी दिएको छ । विमानले कयौं घरहरूमा ठक्कर दिएको बताइएको छ ।

फ्लाइट राडार २४ मा रहेका तथ्यांक अनुसार, भोउपास विमान वमान कास्काभेलबाट उडेर साओ पाओलो जाँदै गर्दा स्थानीय समय अनुसार शुक्रबार दिउँसो १ः३० भन्दा केही अघि सिग्नल हराएको थियो ।

२२८३ नम्बरकोविमान दुर्घटनाको समयमा ५८ यात्रु र ४ जना चालक दलका सदस्य सवार भएको विमान कम्पनी भोउपासले जारी गरेको एक विज्ञप्तिमा जानकारी गराइएको छ ।

“दुर्घटना कसरी भयो भन्ने बारे अझै पुष्टि भएको छैन र विमानमा सवार व्यक्तिहरूको वर्तमान स्थितिको पनि जानकारी छैन”, विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका नाटकीय भिडियोहरूमा विमानलाई आकाशबाट तलतिर चक्कर लगाउँदै झर्दै गरेको देख्न सकिन्छ । अर्को भिडियोमा आगोले ध्वस्त भएको विमानलाई जमिनमा जलिरहेको देखाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal