Skip to content
Prabhu

साताको सेयर : सामान्य बढ्यो नेप्से, दैनिक औषत कारोबार रकम २० अर्ब बढी

काठमाडौं । यो साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । यो साता गत साताको भन्दा नेप्से ०.३९ प्रतिशतले बढेको हो ।
गत साता २७५५ दशमलव ६२ विन्दुमा बन्द भएको नेप्से यो साता १० दशमलव ७६ अंक बढेर २७६६ दशमलव ३८ विन्दुमा पुगेको छ । यो साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो । यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १४५ अंक घटेको थियो भने बुधबार १०८ अंक बढेको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ९.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७१ अंक घटेको छ ।
नेप्सेसँगै यो साता दैनिक औषत कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा १९ अर्ब २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा २० अर्ब ९० करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.५१ प्रतिशत बढेको हो ।

यस साता नेप्सेले कारोबार रकममा नयाँ रेकर्ड बनाएको छ । यस साताको दोस्रो कारोबार दिन नेप्सेमा पौने २४ अर्बको सेयर किनबेच भएको थियो । जुन हालसम्मकै उच्च हो । यस साता दैनिक औषत सेयर संख्या ४.३३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ९.८२ प्रतिशत बढेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७२ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साता १८ अर्ब बढेर ४३ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

यो साता १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ११.९४ प्रतिशत बढेको छ । गत साता २०७४ दशमलव ०७ विन्दुमा रहेको यो उपसमूहको परिसूचक, यस साता २४७ दशमलव ६३ अंक बढेर २३२१ दशमलव ७० विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३०८ दशमलव ०७ अंक बढेको छ ।

कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ६.२३ प्रतिशत अर्थात २२२ दशमलव ४५ अंक घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal