Skip to content

९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, १६ वटामा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर कारोबार बन्द हुँदा ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १६ वटाको सेयर मूल्यमा सर्किट लागेको छ । आइतबार कारोबार रकमसँगै परिसूचक पनि उच्च अंकले बढेको दिन १६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये नेसनल हाइड्रोपावर कम्पनी, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर, आखुँखोला जलविद्युत कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, शुभम पावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्र पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आजको कारोबार बन्द हुँदा नेशनल हाइड्रोपावरको सेयर मूल्य २० रुपैयाँ २० पैसाले बढेर २२२ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य ८२ रुपैयाँले बढेर ९०२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज हाइड्रोइलेक्टोसिटीको सेयर मूल्य २७ रुपैयाँ १० पैसाले बढेर ३९८ रुपैयाँ २० पैसा, खानीखोला हाइड्रोको २७ रुपैयाँ ८० पैसाले बढेर ३०५ रुपैयाँ ८० पैसा, आखुँ खोला जलविद्युतको १९ रुपैयाँ ८० पैसाले बढेर २१७ रुपैयाँ ८० पैसा, अपर तामाकोशीको २१ रुपैयाँ ३० पैसाले बढेर २३४ रुपैयाँ ३० पैसा शुभम पावरको ८२ रुपैयाँले बढेर ९०२ रुपैयाँ, आत्मनिर्भर लघुवित्तको २९० रुपैयाँले बढेर ३ हजार १९० रुपैयाँ २० पैसा र मिड सोलुको सेयर मूल्य ८७ रुपैयाँ २० पैसाले बढेर ९५९ रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यस्तै आज युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ९९९ प्रतिशतले बढेको छ । त्यस्तै सिङगटी हाइड्रो इनर्जि, रिडी पावर कम्पनीको सेयर मूल्य पनि ९.९९ प्रतिशत रहेको छ । आज युनाइटेडको सेयर मूल्य ५३ रुपैयाँले बढेर ५८३ रुपैयाँ ४० पैसा पुगेको छ । सिङगटी हाइड्रोको सेयर मुलय २४ रुपैयाँ ४० पैसाले बढेर २६८ रुपैयाँ ६० पैसा र रिडी पावरको २५ रुपैयाँ ८० पैसाले बढेर २८४ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य २५ रुपैयाँ २० पैसाले बढेर २७७ रुपैयाँ ७० पैसा पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा ९.९८ प्रतिशतले बढी हो । आज एनआईसी एशिया लघुवित्तको सेयर मूल्य पनि ७८ रुपैयाँले बढेर ८६० रुपैयाँमा कारोबार बन्द भएको छ । जुन अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले बढी हो ।

त्यस्तै हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य १८ रुपैयाँ ४० पैसाले बढेर २०३ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको कारोबार भन्दा ९.९६ प्रतिशतले बढी हो । आज अरुण काबेलीको सेयर मूल्य २३ रुपैयाँ ७० पैसाले बढेर २६१ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले बढी हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime