Skip to content
Prabhu

हिन्डनबर्गको खुलासाः अडानीको कम्पनीमा सेबी अध्यक्षको श्रीमानको लगानी

मुम्बई । अडानी समूहमाथि आर्थिक अनियमितताको आरोप लगाएको अमेरिकी सर्ट सेलर फर्म हिन्डबर्ग रिसर्चले शनिबार भारतको सेयर बजारको नियामक निकाय सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया ९सेबी० प्रमुख माधवी पुरी बुच र उनका श्रीमान् धवल बुचमाथि गम्भीर आरोप लगाएको छ ।

ह्विस्टलब्लोअर कागजातहरूको आधारमा, हिन्डनबर्गले सेबी अध्यक्ष माधवी र उनका श्रीमान धवलको मौरिससमा रहेको एक कम्पनी अन्तर्गत ’ग्लोबल डायनामिक अपरच्युनिटी फन्ड’ मा सेयर रहेको दाबी गरेको छ ।

जसमा गौतम अडानीका भाइ विनोद अडानीले अर्बौं डलर लगानी गरेको छन् । यही फण्ड भारतमा अडानी अन्तर्गतका कम्पनीको सेयर मूल्य बढाउनको लागि प्रयोग भएको थियो । सेबी अध्यक्ष माधवी र उनका श्रीमान धवलले शनिबार राति एक विज्ञप्ति जारी गर्दै यी आरोपहरूलाई अस्वीकार गरेका छन् । पीटीआईका अनुसार बुच दम्पत्तिले यसलाई आधारहीन भन्दै अस्वीकार गरेका छन् । उनीहरुले यसको जानकारी विगतमा नै सेबीमा दिएको बताएका छन् ।

हिन्डनबर्गले अडानी समूहमा खुलासा भएको प्रमाण र ४० भन्दा बढी स्वतन्त्र मिडिया अनुसन्धानमा प्रमाणित भइसकेपनि नियामक निकाय सबेीले कुनै कारवाही नगरेको आरोप लगाएको छ ।

अडानी माथि लागेको आरोपको अनुसन्धान गर्ने निकायसेबी प्रमुख जिम्मेवार थिए । सेबीले अडानीमाथिको आफ्नो १०६ पृष्ठको प्रतिवेदनमा गल्ती पत्ता लगाउन सकेन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal