Skip to content
Prabhu

फूलबारी –बंगलाबन्ध नाका  सञ्चालनमा

भद्रपुर ।  नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी  –बंगलाबन्ध नाका खुलेकोे छ । नाका खुलाभएसँग बंगलादेशसँगको आयात निर्यात सहज भएको छ ।
पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेशतर्फ  र बंगलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।  उनले भने, ‘बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बंगलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ ।’
कार्यालयका अनुसार गत आव २०८०/८१ मा  ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँ सामग्री बंगलादेश निर्यात हुँदा ३ अर्व ८३ करोड ६८ लाख २२ हजार रुपैयाँबराबरको सामग्री आयात भएको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal