Skip to content
Prabhu

सुनको मूल्य तोलामा ७ सयले बढ्यो, चाँदीको कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ४८ हजार १ सय रुपैयाँ रहेको थियो ।

आज सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छहो । आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा १ हजार ७ सय २० रुपैयाँ रहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४३.१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.४६ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal