Skip to content
Prabhu

महिला लघुवित्तको नाफामा ५३१ प्रतिशतले वृद्धि

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ५३१ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार ५३१.०३ प्रतिशतले नाफा बढेको हो ।

कम्पनीले गत आवमा ९ करोड ४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीको यस्तो नाफा १ करोड ४३ लाख ३९ हजार रुपैयाँ मात्रै थियो । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज ९ करोड ६२ लाख २७ हजार रुपैयाँबाट घटेर ६ करोड ३७ लाख ३८ हजार रुपैयाँ ऋणात्मक भएको छ । यससँगै कम्पनीको सञ्चालन नाफा पनि ५०३.३३ प्रतिशतले बढेर १२ करोड ९२ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष २ करोड १४ लाख २२ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी भने १३.४६ प्रतिशतले घटेर २२ करोड ८४ लाख ८८ हजार रुपैयाँमा झरेको छ । यो अघिल्लो वर्ष २६ करोड ४० लाख ११ हजार रुपैयाँ थियो । कम्पनीको कुल सञ्चालन आम्दानी पनि सामान्य १.२७ प्रतिशतले घटेर ३१ करोड २८ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

६ करोड २२ लाख ५२ हजार रुपैयाँ वितरणयोग्य नाफा भएको यस कम्पनीको चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीको रिजर्भको आकार १५.५२ प्रतिशतले बढेर २० करोड १० लाख ३९ हजार रुपैयाँ पुगको छ भने रिटेन्ड अर्निङमा ६ करोड ८० लाख ८४ हजार रुपैयाँ छ ।

गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६.५९ रुपैयाँबाट बढेर ४१.५९ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २२३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४८.९३ गुणा र तरलता अनुपात ६.५० प्रतिशत छ । कम्पनीको खराब कर्जा पनि ५.६९ प्रतिशतबाट घटेर ३.०२ प्रतिशतमा झरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal