Skip to content
Prabhu

उल्लेख्य रूपमा बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, ईपीएस कति ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आर्थिक वर्षमा उल्लेख्य मात्रामा बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुदा नाफा ६०४.३६ प्रतिशतले बढेको हो ।

कम्पनीले गत आवमा ६ करोड ५२ लाख ५२ हजार रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ९२ लाख ६४ हजार रुपैयाँ मात्रै थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी भने ११.३१ प्रतिशतले घटेर २६ करोड ३० लाख ८३ हजार रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष २९ करोड ६६ लाख २० हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीको खराब कर्जा ८.१५ प्रतिशतबाट घटेर ५.२९ प्रतिशतमा झरेको छ ।

कम्पनीको इम्पेयरमेन्ट चार्ज ५ करोड ७ लाख ३२ हजार रुपैयाँबाट घटेर १ करोड ७८ लाख ९७ हजार रुपैयाँ ऋणात्मक हुन पुगेको छ । यससँगै कम्पनीको सञ्चालन नाफा ३५६.५९ प्रतिशतले बढेर ९ करोड ३२ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा २ करोड ४ लाख १६ हजार रुपैयाँ मात्रै थियो ।

गत वर्ष कम्पनीको खुद सञ्चालन आम्दानी २६.३३ प्रतिशतले बढेर ३५ करोड ८५ लाख ४३ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष २८ करोड ३८ लाख १६ हजार रुपैयाँ थियो । कम्पनीले सञ्चालन खर्च ०.७३ प्रतिशतले बढाएर २६ करोड ५३ लाख २६ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीको वितरणयोग्य नाफा ६ लाख ६६ हजार रुपैयाँबाट बढेर ३ करोड २२ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी (र्ईपीएस) १.८७ रुपैयाँबाट बढेर १३.१२ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४१.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९१.१५ गुणा, तलरता अनुपात ३.१० प्रतिशत र पुँजीकोष अनुपात ११.०५ प्रतिशत छ ।

४९ करोड ७४ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ करोड २२ लाख रुपैयाँ छ भने रिजर्भको आकार ४.७५ प्रतिशतले बढेर १७ करोड ५८ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal