Skip to content
Prabhu

३०८ प्रतिशतले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको नाफा

काठमाडौं । फवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ३०८.७२ प्रतिशतले खुद नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार ३०८.७२ प्रशितले नाफा बढेको हो ।

विवरण अनुसार कम्पनीले गत आवमा ३२ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवमा यस्तो नाफा ७ करोड ८६ लाख ३५ हजार रुपैयाँ मात्रै थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७२ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष १ अर्ब १२ करोड ७० लाख ७४ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज २८.५४ प्रतिशतले घटेर ३८ करोड ५९ लाख ८४ रुपैयाँमा झरेको छ । यससँगै सञ्चालन मुनाफा २९९.४१ प्रतिशतले बढेर ४६ करोड ३५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ११ करोड ६० लाख ५४ हजार रुपैयाँ थियो ।

कम्पनीको कुल सञ्चालन आम्दानी १४.५४ प्रतिशतले बढेर १ अर्ब ४१ करोड ३९ लाख ७७ हजार रुपैयाँ पुग्दा खुद सञ्चालन आम्दानी ४८ प्रतिशतले बढेर १ अर्ब २ करोड ७९ लाख ९३ हजार रुपैयाँ पुगको छ । कम्पनीको वितरणयोग्य नाफा ४८.७३ प्रतिशतले घटेर २६ करोड ६५ लाख ३ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७.४५ रुपैयाँबाट बढेर ३०.४५ रुपैयाँ पुगको छ । प्रतिसेयर नेटवर्थ २८८.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६.४१ गुणा र तरलता अनुपात ६.९८ प्रतिशत छ । यता खराब कर्जा भने ४.२६ प्रतिशतबाट बढेर ६.८१ प्रतिशत पुगेको छ ।

१ अर्ब ५ करोड ५५ लाख ६३ हजार चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा २६ करोड ६५ लाख रुपैयाँ छ भने रिजर्भको आकार ४९.६६ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा ४.२० प्रतिशतले बढेर १९ अर्ब ८९ करोड ७२ लाख ५९ हजार रुपैयाँ पुगेको छ भने निक्षेप संकले ६.५० प्रतिशतले बढेर ८ अर्ब ९६ करोड १० लाख १८ हजार रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal