Skip to content
Prabhu

कति बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ४६ प्रतिशत बढी नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार ४६.८० प्रतिशतले नाफा बढेको हो ।

वित्तीय विवरणअनुसार लघुवित्तले गत आवमा १४ करोड १६ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जबकी लघुवित्तले अघिल्लो आवमा ९ करोड ६५ लाख १३ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ३५.८७ प्रतिशतले बढेर ६३ करोड ३४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ४६ करोड ६२ लाख ४४ हजार रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३६.५९ प्रतिशतले बढेर ७३ करोड ५२ लाख १९ हजार रुपैयाँ पुगको छ । जुन अघिल्लो आवमा ५३ करोड ८२ लाख ५७ हजार रुपैयाँ थियो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ७ करोड २१ लाख ४६ हजार रुपैयाँबाट १४१.८२ प्रतिशतले बढेर १७ करोड ४४ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

६ करोड ४७ लाख ७५ हजार वितरणयोग्य नाफा रहेको यस कम्पनीको गत आवमा सञ्चालन नाफा ४६.९१ प्रतिशतले बढेर २० करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ । यस्तो नाफा अघिल्लो आवमा १३ करोड ८६ लाख ९३ रुपैयाँ मात्रै थियो ।

६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषको आकार १३.४७ प्रतिशतले बढेर ५१ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी पनि १५ रुपैयाँ ५९ पैसाबाट बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा, मूल्य आम्दानी अनुपात ५९.६३ गुणा र तरलता अनुपात ४.५६ प्रतिशत छ । कम्पनीको खराब कर्जा ४.३० प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा झरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal