Skip to content
Prabhu

शुभम पावर र मिड सोलु हाइड्रोपावको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा शुभम पावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । शुभम पावरको सेयर मूल्य मध्यान्ह १२ बजेको सयमा ८२ रुपैयाँले बढेर ९०२ रुपैयाँ पुगेको छ । त्यस्तै मिड सोलुको सेयर मूल्य पनि ८७ रुपैयाँ २० पैसाले बढेर ९५९ रुपैयाँ ६० पैसा पुगेको छ।

यो अवस्थासम्म समग्र सेयर बजार परिसूचक ४२ दशमलव ७९ अंकले बढेको छ । एक घण्टाको अवधिमा सेयर बजारमा ८ अर्ब बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal