Skip to content
Prabhu

मैलुङ खोला र कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा आइतबारको एक घण्टाको कारोबार समयमा दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । एक घण्टाको कारोबार समयमा मैलुङ खोला जलविद्युत र कुलेली बुखारी साना जलविद्युतको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा मैलुङ खोलाको सेयर मूल्य ६४ रुपैयाँ ५० पैसाले घटेर ५८० रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै १० प्रतिशतले नै घटेको कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य २७२ रुपैयाँ ६० पैसाले घटेर २ हजार ४५३ रुपैयाँ ४० पैसा पुगेको छ ।

यो अवस्थासम्म समग्र सेयर बजार परिसूचक ४२ दशमलव ७९ अंकले बढेको छ । एक घण्टाको अवधिमा सेयर बजारमा ८ अर्ब बढीको कारोबार भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal