Skip to content
Prabhu

सेयर कारोबारमा नयाँ रेकर्ड, पौने २६ अर्बको कारोबार हुँदा परिसूचक साढे २८ सय विन्दु माथि

काठमाडौं । आइतबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । सेयर बजारमा आइतबार अहिलेसम्मकै उच्च कारोबार पौने २६ अर्बभन्दा बढीको कारोबार भएको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजारमा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर २ लाख ७५ हजार २०७ पटक खरिद बिक्री हुँदा अहिलेसम्मकै उच्च कारोबार भएको हो ।

आज कारोबार सँगै परिसूचक पनि उच्च अंकले बढेको छ । आजको करोबार बन्द हुँदा अघिल्लो कारोबार भन्दा ९४ दशमलव ५३ अंकले परिसूचक वृद्धि भएको छ । यो अघिल्लो कारोबारको भन्दा ३.४१ प्रतिशतले धेरै हो । आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २८६० दशमलव ९१ विन्दुमा पुगेको छ । लामो समयदेखि २७०० विन्दुमा नै रुमलिएको सेयर बजार परिसूचकले आज २८०० को विन्दु पार गरेको हो ।

आज सेयर बजारमा २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १८ दशमलव २३ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ५०१ दशमलव ९१ विन्दुमा पुगेको छ ।

आज १३ उपसूचकको सेयर मूल्य बढेको छ । आइतबार सेयर बजारमा १६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal