Skip to content
Prabhu

कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

काठमाडौं । नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूका लागि फेरि अर्को विशेष अफर लिएर आएको छ ।

यो सीमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले १ सय ९९ रुपैयाँको छुट पाउनेछन् । साथै २.२५ लिटरको प्याक भने मात्र २ सय ५० रुपैयाँमा खरिद गर्न सकिनेछ जसको खास मूल्य २ सय ७० रुपैयाँ छ ।

२ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ । उपभोक्ताहरुले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरि यस मेगा डिस्काउन्टको भरपुर फाइदा उठाउन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal