Skip to content

१२ कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट

nabil bank

काठमाडौं । सोमबार सेयर बजारमा १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार उच्च अंकले बढेको दिन ती कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा ७ कम्पनीको सेयर मूल्य त १० प्रतिशले बढेर बन्द भएको छ । आजको करोबार बन्द हुँदा सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपाल कम्पनी, स्वेत गंगा हाइड्रोपावर, शुभम पावर लिमिटेड र भिजन लुम्बिनी उर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आजको कारोबार बन्द हुँदा सूर्यज्योतिको सेयर मूल्य ५५ रुपैयाँ २० पैसाले बढेर ६०७ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै हिमालयन लाइफको सेयर मूल्य ५२ रुपैयाँ ४० पैसाले बढेर ५७६ रुपैयाँ ४० पैसामा आजको कारोबार बन्द भएको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ३४ रुपैयाँ १० पैसाले बढेर ३७५ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै रसुवागढीको सेयर मूल्इ ४५ रुपैयाँ ६० पैसाले बढेर ५०१ रुपैयाँ ६० पैसा, श्वेतगंगा हाइड्रोपावरको ४३ रुपैयाँ ८० पैसाले बढेर ४८१ रुपैयाँ ८० पैसा, शुभम पावरको ९० रुपैयाँ २० पैसाले बढेर ९९२ रुपैयाँ २० पैसा र भिजन लुम्बिनी उर्जाको ७० रुपैयाँले बढेर ७७० रुपैयाँमा आजको कारोबार बन्द भएको छ ।

त्यस्तै सगरमाथ जलविद्युत कम्पनीको सेयर मूल्य ६९ रुपैयाँले बढेर ७६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् २० रुपैयाँ ३० पैसाले बढेर २२३ रुपैयाँ ५० पैसामा आजको कारोबार बन्द भएको छ ।

त्यस्तै आज नेशनल हाइड्रोपावरको सेयर मूल्य पनि २२ रुपैयाँ २० पैसाले बढेर २४४ रुपैयाँ ४० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । आज अरुण काबेलीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २६ रुपैयाँ १० पैसाले बढेर २८७ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । सोमबार सकारात्मक सर्किट लागेको अर्को कम्पनी हो आँखुखोला जलविद्युत कम्पनी । यसको सेयर मूल्य २१ रुपैयाँ ७० पैसाले बढेर २३९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले बढी हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime