Skip to content
Prabhu

हिन्डनवर्ग के हो ? किन उसका रिपोर्टले बिजनेशको दुनियाँमा ल्याउँछ उथलपुथल ?

बीबीसी । अमेरिकी रिसर्च कम्पनी हिन्डनबर्ग रिसर्चले आफ्नो एक रिपोर्टमा भारतको सेक्युरिटी मार्केट रेगुलेटर (सेबी) की अध्यक्ष माधबी पुरी बुच र उनका पति धवल बुचमाथि वित्तीय अनियमितताको आरोप लगाएको छ ।
यो रिपोर्ट भारतको व्यापारिक र वित्तीय बजारमा विगत १८ महिनामा आएको दोस्रो रिपोर्ट हो । जसमा कथित वित्तीय अनियमितताको कुरा उठाइएको छ । यसअघि, जनवरी २०२३ मा यसले भारतको प्रमुख औद्योगिक घराना अडानी समूहमाथि रिपोर्ट जारी गरेर हलचल मचाइदिएको थियो ।
हिन्डनवर्ग रिसर्च के हो र यसले के काम गर्छ, र यसले अडानी समूहलाई कति हानि पुर्याएको थियो ? 
हिन्डनवर्ग रिसर्च अमेरिकी रिसर्च कम्पनी हो । यसलाई नेट एंडरसन नामका अमेरिकी नागरिकले सुरु गरेका थिए । कम्पनीले फरेन्सिक वित्तीय अनुसन्धान, वित्तीय अनियमितताको जाँच र विश्लेषण गर्छ । साथै, अनैतिक व्यापारिक तरिकाहरु र गोप्य वित्तीय मामिलाहरुको जाँच पनि गर्छ ।
कम्पनीको काम र उसको दाबी
कम्पनीको एउटा प्रमुख काम सर्ट सेलिङ पनि हो । यसले कम्पनीहरूमाथि आफ्नो रिपोर्टमार्फत बजारमा स्थिति बनाउने प्रयास गर्छ, जसले केहि कम्पनीहरुको बजार मूल्यमा गिरावट आउन सक्छ ।
कम्पनीका संस्थापक नेट एंडरसन आफैलाई एक एक्टिविस्ट सर्ट सेलिङ  भन्छन् । हिन्डनवर्ग रिसर्च २०१७ देखि काम गर्दै आएको छ र यसको दाबी छ कि उसले अहिलेसम्म १६ वटा यस्ता रिपोर्टहरू जारी गरेको छ, जसमा अमेरिकी
सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनका साथै विभिन्न देश–विदेशका कम्पनीहरुमा अवैध लेनदेन र वित्तीय अनियमितताहरुलाई उजागर गरेको छ ।
हिन्डनवर्ग रिसर्चले अफिरिया, परशिङ गोल्ड, निकोलालगायत केही प्रसिद्ध कम्पनीहरुमा वित्तीय अनियमितता उजागर गरेको दाबी गरेको छ ।
भारतमा मचाएको हलचल
भारतमा यो तब चर्चामा आयो जब यसले २४ जनवरी २०२३ मा देशको प्रमुख औद्योगिक घराना अडानी समूहविरुद्ध रिपोर्ट जारी ग¥यो ।
रिपोर्टमा भनिएको थियो कि अडानी समूहका मालिक गौतम अदानीले २०२० देखि आफ्नो सात सूचीबद्ध कम्पनीहरुका शेयरहरुमा हेरफेर गरेर १०० अर्ब डलर कमाएका छन् । रिपोर्टमा गौतम अडानीका भाइ विनोद अडानीमाथि पनि गम्भीर आरोप लगाइएको थियो र भनिएको थियो कि उनी ३७ वटा सेल कम्पनीहरु चलाउँछन्, जसको प्रयोग सम्पत्ति शुद्धीकरणमा भएको छ।
अडानी समूहलाई कसरी हानि पुर्यायो
यस रिपोर्टपछि अडानी समूहका कम्पनीहरुलाई १५० अर्ब डलरको हानि भयो । रिपोर्ट आएपछि एक महिनामा नै अडानीको नेटवर्थमा ८० बिलियन डलर (६.६३ लाख करोड रुपैयाँ) भन्दा बढीको गिरावट आयो ।
हिन्डनवर्ग रिपोर्ट आएको दश दिनभित्र नै उनी धनीहरुको शीर्ष २० सूचीबाट बाहिरिएका थिए । साथै, गौतम अदानीलाई कम्पनीको २० हजार करोड रुपैयाँको एफपीओ पनि रद्द गर्नुपरेको थियो ।
यस रिपोर्टले भारतमा राजनीतिक तूफान मच्चायो । कम्पनीको कथित वित्तीय अनियमितताको विषयलाई लिएर संसदमा प्रश्न उठाइयो। मामला सर्वोच्च अदालतसम्म पुग्यो ।
३ जनवरी २०२४ मा भारतका मुख्य न्यायाधीश डीवाई चंद्रचूड़को अध्यक्षतामा सर्वोच्च अदालतको तीन न्यायाधीशहरुको बेन्चले अडानी समूहविरुद्ध हिन्डनवर्गले लगाएको आरोपहरुको जाँचका लागि विशेष जाँच दल (एसआईटी) गठन गर्न वा केन्द्रीय जाँच ब्यूरो (सीबीआई) लाई जिम्मा दिनका लागि गरिएको अनुरोधलाई अस्वीकार ग¥यो । अदालतले सेबी प्रति विश्वास व्यक्त ग¥यो।
फैसलापछि अडानी समूहका अध्यक्ष गौतम अडानीले एक्स (पूर्वमा ट्विटर) मा पोस्ट गरे, “…सर्वोच्च अदालतको फैसलाले देखाउँछ कि सत्यको जीत भएको छ… म ती व्यक्तिहरु प्रसत आभारी छु जो हाम्रो साथमा उभिए । भारतको विकास गाथामा हाम्रो विनम्र योगदान जारी रहनेछ ।”
हिन्डनवर्ग आफैबारे के भन्छ ?
हिन्डनवर्गको दाबी छ कि उसले रिपोर्ट र अन्य कारबाहीमार्फत कैयौं कम्पनीहरुको शेयरहरुमा गिरावट ल्याइसकेको छ । अडानीभन्दा अघि हिन्डनवर्गको नाम जसरी ठूलो कम्पनीसँग जोडिएको थियो त्यो थियो– ट्रक कम्पनी निकोला । यो मामला जब अदालतसम्म पुगेको थियो, तब निकोला कम्पनीका संस्थापकलाई दोषी पाइयो ।
ब्लूमबर्गको एक रिपोर्टअनुसार, हिन्डनवर्गले २०२० पछि ३० वटा कम्पनीहरुको अनुसन्धान रिपोर्ट सार्वजनिक गरेको छ र रिपोर्ट सार्वजनिक भएपछिको दिन नै ती कम्पनीका शेयरहरुमा औसत १५ प्रतिशतसम्म गिरावट आएको छ । रिपोर्टमा भनिएको छ कि आउने छ महिनामा ती कम्पनीहरुका शेयरहरुमा औसत २६ प्रतिशतभन्दा बढीको गिरावट देखियो ।
हिन्डनवर्ग नाम कहाँबाट आयो?
सन् १९३७मा  जर्मनीमा हिटलरको शासन थियो । यस अवधिमा एउटा एयरशिप थियो । नाम थियो– हिन्डनवर्ग एयरशिप । एयरशिपको पछाडि नाजी शासनको प्रतीक स्वास्तिक बनाइएको थियो । अमेरिका न्यू जर्सीमा यस एयरशिपलाई जमिनबाट हेर्दा त्यहाँका मानिसहरुलाई केही असामान्य देखियो ।
एक ठूलो विस्फोट भयो र आकाशमा देखिएको हिन्डनवर्ग एयरशिपमा आगो लाग्यो । मानिसहरु चिच्याउन थाले । एयरशिप जमिनमा खस्यो । ३० सेकेन्डभन्दा कम समयमा सबै विनाश भयो ।
त्यहाँ उपस्थित मानिसहरुलाई बचाउन केही मानिसहरु अगाडि बढे । केही मानिसहरुलाई बचाउन सकियो भने केहीलाई बचाउन धेरै ढिलो भइसकेको थियो । जलिरहेको एयरशिपको धुवाँले आकाशलाई कालो बनायो। अब जुन बाँकी थियो, त्यो एयरशिपको अवशेष मात्रै थियो ।
यस एयरशिपमा १६ वटा हाइड्रोजन ग्यासका बेलुनहरु थिए । एयरशिपमा करिब १०० मानिसहरुलाई जबरजस्ती राखिएको थियो र घटनामा ३५ जनाको ज्यान गएको थियो । त्यसैको नामबाट कम्पनीको नामकरण गरिएको हो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal