Skip to content
Prabhu

सोमबार डलरको भाउ स्थिर हुँदा यूरो, रियाल र जापानी येनको कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम भएको छ । साथै यूरोपियन यूरो एकको खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ०८ पैसा छ भने बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५७ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ १९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७० पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३ रुपैयाँ ८२ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८४ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal