Skip to content
Prabhu

आर्थिक मन्दीको असर युनिलिभरको व्यापारमा: खर्च घटाउदा नाफा बढ्यो,बढेन व्यापार

काठमाडौं। गत आर्थिक वर्षमा आर्थिक मन्दी भएको विवरण घरायसी सामाग्रीको उत्पादक युनिभिलरको वित्तीय विवरणमा देखिएको छ ।

सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य रहेको युनिलिभरले गत आर्थिक वर्षमा ८ अर्ब २३ करोडको कारोबार गरेको छ । जुन अघिल्लो वर्ष ८ अर्ब ४८ करोड थियो । कारोबार घटेपनि खर्च घटाएको कारण युनिलिभरले नाफा भने बढाउन सफल भएको छ ।

युनिलिभरले गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड नाफा गरेको छ । जुन अघिल्लो वर्ष १ अर्ब ८३ करोड थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal