Skip to content
Prabhu

१५६ प्रतिशतले बढ्यो आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा, कुल बीमा शुल्क आर्जनमा ७२ प्रतिशतको वृद्धि

काठमाडौं । गत आर्थिक वर्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १५६ प्रतिशतले नाफा बढाएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १५६.६७ प्रतिशले वृद्धि भएको हो ।

गत आवको वित्तीय विवरण अनुसार कम्पनीको खुदा नाफासँगै कुल बीमा शुल्क, इपीएस लगायतका सुचकमा पनि सुधार देखिएको छ । कम्पनीले गत आवमा ६१ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो नाफा २३ करोड ८४ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यस अवधिमा खुद बीमा शूल्क आर्जन ९०.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ७४ करोड ४२ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गत आवमा १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले गत आवमा ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यस अवधिमा २ अर्ब ९ करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन ७२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले आफ्ना बीमितहरुलाई १ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ कुल बीमा दावी भुक्तानी दिएको छ । बीमितहरुलाई प्राथमिकतामा राख्दै कम्पनीले कुल दावी भुक्तानीलाई ६७ प्रतिशतले वृद्धि गराएको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा बढेर २० रुपैयाँ २१ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ । ३ अर्ब दुई करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ फण्डको आकार १६ प्रतिशतले बढेर ५ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal