Skip to content
Prabhu

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ६१ करोड २१ लाख,गतवर्षको तुलनामा साढे १५६ प्रतिशत बढी

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षमा ६२ करोड २१ लाख रुपैयाँ नाफा गरेको छ । गतवर्षको तुलनामा नाफा १५६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफो २३ करोड ८४ लाख नाफा थियो ।

कम्पनीले ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ९ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब १९ करोड खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमो १ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको थियो ।

कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष ७४ करोड ४२ लाख रुपैयाँ थियो ।

३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal