Skip to content
Prabhu

विद्युत बिक्री आम्दानी बढे पनि नोक्सानीमा हिमालय उर्जा

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्री आम्दानी बढाए पनि खुदा नाफा भने ऋणात्मक नै रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी बढे पनि नाफा भने ऋणात्म नै रहेको हो ।

कम्पनीले गत आवमा विद्युत बिक्रीबाट २७ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३.०७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत २६ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी १५ करोड ३५ लाख रुपैयाँबाट घटेर १४ करोड ९१ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८ करोड ३ लाख रुपैयाँबाट बढेर ३३ करोड २९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२ करोड १६ लाख रुपैयाँबाट २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत साउन २४ गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको यस कम्पनीको चुक्ता पुँजी हाल ९९ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ३३ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६६ रुपैयाँ ६० पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal