Skip to content
Prabhu

साना किसान विकासको नाफा २२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २२ प्रतिशतले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार २२.७७ प्रतिशतले नाफा बढेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष लघुवित्तले ७७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३१.८६ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा २०.३९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर २.१८ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १७ करोड ८८ लाख रुपैयाँबाट बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा रहेको छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २.६५ प्रतिशत बढेको हो भने वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ १४ पैसा घटेको हो ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ७३ पैसा बढेर २४ रुपयाँ ९५ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २८४ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३४.२२ गुणा रहेको छ ।
३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal