काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले विद्युत बिक्री गर्न थालेको छ ।
कम्पनीले गत जेठ २० गतेदेखि विद्युत बिक्री शुरु गरेको विवरणमा उल्लेख छ । असार मसान्तसम्ममा कम्पनीले १ करोड १३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । सो अवधिसम्ममा कम्पनीको कुल आम्दानी १ करोड ५ लाख रुपैयाँ रहेको छ भने कुल खर्च ८० लाख रुपैयाँ रहेको छ । यद्यपि, कम्पनीको नोक्सानी भने अझै ३८ लाख ६१ हजार रुपैयाँ बाँकी छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ १७ पैसा रहेको छ । ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७३ लाख २५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्