Skip to content
Prabhu

एक घण्टामा २ करोड बढी कित्ता सेयर किनबेच, कारोबार रकम साढे ८ अर्ब बढी

काठमाडौं । सेयर बजारमा सोमबार कारोबार सुरु भएको पहिलो एक घण्टामा २ करोडभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । १२ बजेसम्मको अवधिमा सेयर बजारमा २ करोड ५ लाख ८५ हजार ४४९ कित्ता सेयर खरिद बिक्री भएका हुन् ।

एक घण्टाको अवधिमा सेयर बजारमा साढे ८ अर्ब बढीको कारोबार भएको छ । यो समाचार तयारपार्दा सम्म सेयर बजारमा ८ अर्ब ५४ करोड २० लाख ७१ हजार ४२० रुपैयाँको कारोबार भएको छ । आजको कारोबार जारी रहँदा समग्र सेयर बजार परिसूचक पनि ६७ दशमलव १० अंकले बढेको छ ।

यो अवस्थामा सेयर बजार परिसूचक २९२७ दशमलव ९४ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.३४ प्रतिशतले बढी हो । एक घण्टाको अवधिमा सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal