काठमाडौं । सोमबार पनि कुथेली बुखारी साना जलविद्युत लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य आज पनि १० प्रतिशतले घटेको हो ।
अघिल्लो दिन पनि १० प्रतिशत नै घटेको कम्पनीको सेयर मूल्य सोमबार पनि कारोबार खुल्न वित्तिकै १० प्रतिशत अर्थात २४५ रुपैयाँ ३० पैसाले घटेर २ हजार २०८ रुपैयाँ १० पैसामा पुगेको हो ।
यो समाचार तयारपार्दा सम्म समग्र बजार भने ५३ दशमलव १३ अंकले बढेको छ । यो अवस्थामा सेयर बजारमा २ करोड ७६ लाख बढी कित्ता सेयर खरिद बिक्री भएको छ भने ११ अर्ब १३ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्