Skip to content
Prabhu

कर्णालीमा छिट्टै युवा नीति बन्छ : मन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा तत्काल युवा नीति बन्ने बताएका छन् । आज अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रदेशको युवा नीति छिट्टै बन्ने बताएका हुन् ।

‘प्रदेश युवा नीति आवश्यक भए छ र त्यो छिट्टै बन्छ,’ उनले भने । प्रदेश सरकारको आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न नसकेको भन्दै मन्त्री भण्डारीले प्रयासहरु गरिएको बताए । ‘प्रदेशको आन्तरिक आम्दानी कमजोर छ । जसले गर्दा चाहेजस्तो काम गर्न सकिएको छैन । तर पनि आफ्ना प्रयासहरु भने निरन्तर जारी राखेको छु,’ उनले भने । उनले आन्तरिक स्रोत कमजोरीका कारण पनि संघीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्था रहेको बताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक, दृष्टिविहीन अपांगता लगायतका लक्षित वर्गका व्यक्तिहरुका लागि प्रादेशिक शिक्षा नीतिबाट उचित व्यवस्था हुने अपेक्षा गरे । त्यसका लागि तत्कालै प्रदेश सरकारले नीति ल्याउने जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal