Skip to content
Prabhu

सेयर कारोबारमा नयाँ रेकर्ड, २७ अर्बको कारोबार हुँदा परिसूचक ३० महिना यताकै उच्च

काठमाडौं । आज पनि सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन पनि उच्च कारोबार भएको बजारमा आज २७ अर्ब भन्दा बढीको कारोबार भएको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँको कारोबार भएको छ । यो सेयर बजारमा अहिलेसम्मको उच्च कारोबार हो । अघिल्लो दिन सेयर बजारमा २५ अर्ब ७७ करोड बढीको कारोबार भएको थियो । पछिल्ला दिनहरुमा सेयर बजारमा उच्च कारोबार भइरहेको छ ।

आज कारोबारसँगै नेप्से परिसूचक पनि उच्च अंकले नै बढेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ७० दशमलव ८१ अंकले बढेर २९३१ दशमलव ६५ विन्दुमा पुगेको छ । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो । आज अघिल्लो दिनको भन्दा २.४७ प्रतिशतले परिसूचक बढेको छ । आज सेयर बजारमा ६ करोड बढी कित्ता सेयर खरिद बिक्री भएका छन् ।

आजको कारोबार बन्द हुँदा ३३९ कम्पनीका ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर २ लाख ८३ हजार ४७ पटक खरिद बिक्री भएका छन् । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ५६ अंकले बढेर ५१२ दशमलव ४७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये २ वटाको सेयर मूल्य घटेको छ भने बाँकीको बढेको छ । आज १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal