Skip to content
Prabhu

हिन्डनबर्गको असर भारतीय सेयर बजारमा देखिएन,अडानीका कम्पनीको सेयर मूल्य घट्यो

मुम्बई। अमेरिकी कम्पनी हिन्डनबर्ग र सेबी अध्यक्ष माधवी पुरी बुचबीचको विवादको असर भारतीय सेयर बजारमा देखिएन ।

रिपोर्ट आएपछि खुलेको सोमबारको दिन भारतीय सेयर बजारका प्रमुख परिसूचक सेन्सेक्स ५६ अंकको गिरावटसँगै ७९,६४८ मा बन्द भयो। यस्तै निफ्टी पनि २० अंकले घटेको छ । द्दद्ध,घद्धठ बन्द भयो । अडानी समूहका कम्पनीको सेयर मूल्य भने घटेका छन् । १० वटा कम्पनी सेयर बजारमा सूचिकृत रहेकोमा ८ वटाको मूल्य घटेको छ भने २ वटा बढेको छ ।

अडानी विल्मारको सबैभन्दा ठूलो गिरावट ४.१० प्रतिशत थियो। अडानीको ग्यास र ऊर्जाको कम्पनीको मूल्य ३ प्रतिशतले घट्यो ।

समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको शेयर १।६१ प्रतिशतले घटेको छ । ग्रिन इनर्जी र अम्बुजा सिमेन्टको मूल्य भने सामान्य बढेको छ ।

हिन्डनबर्गले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा माधवी र उनका पति धवल बुचको अडानी समूहसँग जोडिएको अफशोर कम्पनीमा सेयर रहेको दाबी गरेको छ । यो रकम अडानी समूहको शेयर मूल्य बढाउन प्रयोग भएको आरोप छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal