Skip to content
Prabhu

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको एउटा होटलको छतमा सोमबार बिहान हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपत्कालीन अवस्थाको घोषणा गरेको छ र दुर्घटनापछि चार सय जनालाई बाहिर निकालेको छ ।
केर्न्स राज्यका अधिकारीहरूले अहिलेसम्म पाइलटको पहिचान गन सकेका छैनन् ।
अस्ट्रेलियामा सन् २०२३ को अन्त्यमा क्विन्सल्याण्डको तटमा रक्षा बलको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक दलका चार सदस्यको मृत्यु भएको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal