Skip to content
Prabhu

‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा निजामती कर्मचारी संगठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे आमजनताले सहजरुपमा गुनासो र उजुरी दिने व्यवस्था गरिएकाले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन् । ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा संगठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामती ऐन चाँडो ल्याउनुपर्नेलगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal