Skip to content
Prabhu

बरुण हाइड्रोपावरको नाफा ९७.३१ प्रतिशतले घट्यो

काठमाडौं । बरुण हाइड्रोपावरको खुद नाफा गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म आइपुग्दा घटेको छ । यसअवधिमा यसको खुद नाफा ९७.३१ प्रतिशतले घटेर ३ लाख १ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै यसको नाफा घटेको हो ।

यसको विद्युत् बिक्रीबाट हुने आम्दानी ९५.६२ प्रतिशतले घटेर ३४ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ७ करोड ९७ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको थियो । यसअवधिमा चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ०६ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ४६ पैसा छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal