Skip to content
Prabhu

नेपाल लाइफको नाफा ५१ करोड बढी, जीवन बीमा कोषको आकार १ खर्ब ९८ अर्ब

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार ३०.८१ प्रतिशतले नाफा बढेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत र कुल आम्दानी १२.३४ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १२.६५ प्रतिशत बढेको छ भने कुल खर्च ११.५८ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २१.३९ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब ३३ करोड ७४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोष १ खर्ब ६३ अर्ब ३९ करोड १२ लाख ८७ हजार रुपैयाँ मात्रै थियो ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal