Skip to content
Prabhu

८३ प्रतिशतले बढ्यो ओरियण्टल इन्स्योरेन्सको खुद नाफा, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । ओरियण्टल इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षको असार मसान्तसम्म ८३ प्रतिशत भन्दा बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार ८३.३७ प्रतिशतले नाफा वृद्धि भएको हो ।

कम्पनीले सार्वजनिक गरेको अनुसार यस अवधिमा मुनाफा, बीमा कोेष, कुल बीमा शुल्क आर्जन लगायतका प्रमुख वित्तीय सूचकहरुमा उल्लेख्य प्रगति भएको देखिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५९ करोड ६१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ८३.३७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ३२ करोड ५१ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको थियो । कम्पनीले रिजर्भ फण्डको आकार समेत बढाएको छ । अघिल्लो आवमा २ अर्ब नौ करोड रुपैयाँ रहेको रिजर्भ फण्डमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यो अवधिमा उक्त फण्डको आकार १६.३८ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ४९.४७ प्रतिशतले वृद्धि भएर २ अर्ब ११ करोड ३० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बीमा शुल्क आर्जन पनि ५७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले १ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीले विभिन्न ऋण तथा लगानी मार्फत २६ करोड ६३ लाख रुपैयाँ कमाएको छ । कम्पनीले विभिन्न क्षेत्रमा ३ अर्ब १३ करोडबढी रुपैयाँ लगानी गरेको विवरणमा उल्लेख गरिएको छ । कम्पनीको सञ्चालन खर्चको दायरा चाँही वृद्धि भएको छ । यस अवधिमा कम्पनीले उक्त शिर्षकमा १ अर्ब १ करोड ११ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आवको सोही अबधिमा कम्पनीले ७८ करोड ४५ लाख रुपैयाँ खर्चिएको थियो । समीक्षा अवधिमा कम्पनीले ३३ हजार ९६९ वटा बीमा पोलिसी जारी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal