Skip to content
Prabhu

८८ प्रतिशतले घट्यो अरुण भ्याली हाइड्रोपावरको खुद नाफा

काठमाडौं । अरुण भ्याली आइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाफामा भारी गिरवाट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार ८८.४३ प्रतिशतले नाफा घटेको हो ।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नाफामा पनि गिरावट आएको हो । कम्पनीले गत आवमा ५८ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ८ लाख रुपैयाँको नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.१३ प्रतिशत घटेको छ भने अन्य आम्दानी ६४.८९ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ३.७२ प्रतिशत घटेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २६ करोड २७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले, गत आर्थिक वर्षको अन्त्यसम्ममा ११ लाख २२ हजार रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५७.२७ प्रतिशत कम हो ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ४९ पैसा रहेको छ । ३ अर्ब ७३ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा १४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal