Skip to content
Prabhu

मातृभूमि लघुवित्तको नाफा करिब ८ करोड

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था मर्ज भएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा करिब ८ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ९९ लाख रुपैयाँ रहेको छ भने खुद फि तथा कमिसन आम्दानी ७० लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी ३६ करोड ८० लाख रुपैयाँ र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड २० लाख रुपैयाँ रिभर्स भएको छ । यद्यपि, लघुवित्तको निष्क्रिय कर्जा भने ९.८५ प्रतिशत रहेको छ । असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४ रुपैयाँ २० पैसा रहेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ५० पैसा पुगेको छ।

मर्जरपश्चात ६२ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग १० करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ६३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal