Skip to content
Prabhu

सबैभन्दा महँगो सेयर मूल्य भएको कुथेली बुखरीको नाफा साढे १ करोड बढी

nabil

काठमाडौं । जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा साढे १ करोड बढीको नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आवमा कम्पनीको विद्युत् बिक्री आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा ३ करोड ३ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २ करोड ३२ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ ।

दोस्रो बजारमा कम्पनीको सेयर, साउन २८ गते, सोमबार २ हजार २०८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो । यो जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो सेयर मूल्य हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal