Skip to content
Prabhu

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २१ सय रुपैयाँले महँगियो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकै दिन तोलामा २ हजार १ सय रुपैयाँले बढेर सुन तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको हो ।

यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँसम्म कायम भएको थियो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । अघिल्लो दिन १ हजार ७ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४३१.८७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.४३ पैसामा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal