Skip to content
Prabhu

नाडेप लघुवित्तको नाफा धनात्मक, ईपीएस २९ रुपैयाँले बढ्यो

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा धनात्मक भएको छ। अघिल्लो वर्ष ऋणात्मक रहेको यो कम्पनीको नाफा गत आर्थिक वर्षमा धनात्मक बनेको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवमा १३ करोड ९ लाख रुपैयाँले नाफा धनात्मक भएको हो । अघिल्लो वर्ष कम्पनीको नाफा १ करोड १० लाख रुपैयाँले ऋणात्मक थियो ।

गत वर्ष खुद ब्याज आम्दानी १३.७० प्रतिशतले बढेर ३८ करोड ९ लाख ५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ३३ करोड ५० लाख १ हजार रुपैयाँ थियो । कम्पनीको खुद फी र कमिशन आम्दानी पनि ७४.८९ प्रतिशतले वृद्धि भएर ५ करोड ९३ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज साढे ६ करोड रुपैयाँबाट घटेर ९ करोड ८८ लाख रुपैयाँ ऋणात्मक भएको छ । यसँगै कम्पनीको सञ्चालन नाफामा भारी वृद्धि भएर १९ करोड ८१ लाख ३७ हजार रुपैयाँ पुगको छ । जुन अघिल्लो वर्ष ८२ लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीको कुल सञ्चालन आम्दानी १९.३३ प्रतिशतले बढेर ४४ करोड ३ लाख ३७ हजार रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी ७७.३४ प्रतिशतले बढेर ५३ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वितरयोग्य नाफा १३ करोड ७० लाख ५२ हजार रुपैयाँ छ ।

गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.२८ रुपैयाँ ऋणात्मकबाट २९.०७ रुपैयाँले बढेर २६.७९ रुपैयाँ धनात्मक भएको छ । प्रतिसेयर नेटवर्थ १८७.९४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.४७ गुणा र तरलता अनुपात ८.२६ प्रतिशत छ । खराब कर्जा १७.४८ प्रतिशतबाट घटेर ८.२८ प्रतिशतमा झरेको छ ।

४८ करोड ५७ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा २० करोड २२ लाख ९६ हजार रुपैयाँ छ भने रिजर्भमा २२ करोड ४८ लाख ६८ हजार रुपैयाँ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal