Skip to content
Prabhu

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ७ औं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन बीमा साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ७ औं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सोमबार सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको सातौं वर्ष पूरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो ।

कम्पनीले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय, क्याम्पसमा अध्ययनरत विद्यार्थी र विभिन्न संस्थाहरुमा कार्यारत कर्मचारीहरुलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएकोे हो । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

महेन्द्रनगरस्थित कञ्चनपुर गल्र्स होस्टेल, भिमाद स्थित रिसिङ पाटन, चापागाउँस्थित देवी बहुमुखी क्याम्पस, डडेल्धुरास्थित भीमदत्त बहुमुखी क्याम्पस, सातदोबाटो स्थित सशस्त्र प्रहरी बल, टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पस, अत्तरियास्थित होलिल्याण्ड उच्च मावि, कैलालीस्थित लम्की बहुमुखी क्याम्पस, तनहुँस्थित भानुभक्त बहुमुखी क्याम्प्सलगायत मुलुकभर विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा उक्त बीमा साक्षरता जागरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त बीमा साक्षरता कार्यक्रममा बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal