Skip to content
Prabhu

इमर्जिङ नेपालको खुद नाफा १९ प्रतिशतले घट्यो

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १९ प्रतिशतभन्दा बढीले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार १९.८३ प्रतिशतले नाफा घटेको हो ।

गत आवमा कम्पनीले १ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ८५ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले सञ्चालन आम्दानीचाहिँ बढाएको छ । कम्पनीको सञ्चालन आम्दानी १ करोड ४३ लाखबाट बढेर १ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

यता, अन्य स्रोतबाट हुने आम्दानी १ करोड ६६ लाखबाट घटेर १ करोड ८ लाख रुपैयाँ कायम भएको छ । उक्त आम्दानी घट्दा नाफामा दबाब परेको हो ।

५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इमर्जिङ नेपालको जगेडा कोषमा ३ करोड ९७ लाख रुपैयाँले जम्मा छ । यसको प्रतिसेयर आम्दानी २.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०७.१६ रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal