Skip to content
Prabhu

साबिक सानिमा लाइफको १ करोड ४३ लाख कित्ता सेयरको ‘लक इन’ आज सकिँदै

काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता सेयरको ‘लक इन’ अवधि आज साउन २९ गते सकिने भएको हो ।

सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर रहेको छ । सोमध्ये साबिक सानिमा लाइफका संस्थापकतर्फको १ करोड ४० लाख र कर्मचारीहरूको ३ लाख कित्ता सेयर ‘लक इन’ छ ।

साबिक सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड आपसमा मर्ज भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट २०७९ चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal