Skip to content
Prabhu

१ घण्टामा करिब डेढ करोड कित्ता सेयर खरिद बिक्री, ६ अर्ब बढीको कारोबार

काठमाडौं । कारोबार सुरु भएको १ घण्टाको अवधिमा सेयर बजारमा करिब डेढ करोड कित्ता सेयर खरिद बिक्री भएको छ । एक घण्टाको अवधिमा सेयर बजारमा १ करोड ४६ लाख १५ हजार ९९७ कित्ता सेयर खरिद बिक्री भएको हो ।

त्यस्तै एक घण्टाको अवधिमा सेयर बजारमा ६ अर्ब बढीको कारोबार भएको छ । १ घण्टामा ६ अर्ब २५ करोड ६५ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

यो अवधिमा नेप्से १७ दशमलव ७९ अंकले बढेर २९४९ दशमलव ४५ विन्दुमा कायम भएको छ । अघिल्लो दिन सेयर बजारमा २७ अर्ब भन्दा बढीको कारोबार भएको थियो । जुन अहिलेसम्मकै उच्च कारोबार हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal