Skip to content
Prabhu

दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा मंगलबारको कारोबार जारी रहँदा दोल्ती पावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको एक घण्टाको कारोबार जारी रहदा कम्पनीको सेयर मूल्य ५५ रुपैयाँ ५० पैसाले बढेको हो ।

यो अवस्थामा कम्पनीको सेयर मूल्य ६१० रुपैयाँ ५० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । मंगलबारको कारोबार जारी रहँदा मातृभूमि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मातृभूमिको सेयर मूल्य १० प्रतिशत अर्थात् १२७ रुपैयाँ ८१ पैसाले बढेर १ हजार ४०६ रुपैयाँ २० पैसा पुगेको छ ।

यो समाचार तयारपार्दा सम्म गुडविल फाइनान्सको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्यले ९७ रुपैयाँ ३० पैसाले बढेर १ हजार ७० रुपैयाँ ८० पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal