Skip to content
Prabhu

मातृभूमि लघुवित्तको ६२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । मातृभूति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार लघुवित्तको ६२ लाख ८३ हजार ५७३.३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएपश्चात् बनेको मातृभूमि लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । सूचीकरणपश्चात् लघुवित्तको पहिलो कारोबारका लागि नेप्सेले १ हजार २७८ रुपैयाँ ३९ पैसाको ओपनिङ प्राइस दिएको छ । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त १ बराबर ०.८८३४ अनुपातमा एक आपसमा गाभिएका हुन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal