Skip to content
Prabhu

सेयर बजारमा सामान्य करेक्सन, नेप्से परिसूचक ८ अंकले घट्दा कारोबार रकम २१ अर्ब बढी

nabil

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य करेक्सन भएको छ । अघिल्ला दुई दिन उच्च अंकले बढेको सेयर बजार परिसूचक आज ८ दशमलव १८ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ८ दशमलव १८ अंकले घटेर २९२३ दशमलव ४६ विन्दुमा पुगेको छ । सेयर बजारमा आज अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज १५७ कम्पनीको सेयर मूल्य घट्यो भने ८० अंकले बढेको छ । ६ वटाको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेयर बजारमा नेप्सेसँगै कारोबार रकममा पनि करेक्सन भएको छ । अघिल्लो दिन २७ अर्ब बढीको कारोबार भएको बजारमा आज २१ अर्ब बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३३२ कम्पनीका ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २ लाख ४१ हजार ६६५ पटक खरिद बिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३२ अंकले घटेर ५११ दशमलव १५ अंकमा पुगेको छ । आज १३ उपसमूहमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ । नेप्से घटे पनि आज सेयर बजारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal