Skip to content
Prabhu

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

घिसिङले प्राधिकरणको प्रबन्ध निर्देशक भएर राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी जलविद्युत् कम्पनीसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको दाबी गर्दै खरेलले उनीविरुद्द भ्रष्टाचारको उजुरी दिएका हुन् । घिसिङले ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानून मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको दाबी खरेलको छ ।

खरेलका अनुसार विद्युत् नियमन आयोगमा निश्चित शुल्क बुझाएर पीपीएको अनुमति लिनुपर्नेमा घिसिङले नियमन आयोगको स्वीकृति नलिई पीपीए गरेर राज्यलाई घाटा लगाएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal